जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार ११:५२

भोटेकोसीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग टुट्यो सम्पर्क


काठमाडौं, १२ असोज । अरनिको राजमार्गअन्तर्गत भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ । आज बिहान भोटेकोसी गाउँपालिकास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ । अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।