काठमाडौं, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै हुनुहुन्छ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले आज नै ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिने र उद्धार तथा राहतको प्रभावकारी कदम चाल्ने बिषयमा छलफल गर्नुहुनेछ ।
गत असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क जानुभएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो भने न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्