जनता टाइम्स

१४ आश्विन २०८१, सोमबार ११:४४

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा


काठमाडौं, १४ असोज । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ । काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् ।