काठमाडौं, १६ असोज । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।
लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ ।
साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गरेको छ ।
१. नेपाली राजदूतावास कायरो, इमेलः [email protected], सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्धितीय सचिव, फोन: +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।
२. अवैतनिक नेपाली वाणिज्यदूतावास, बेरुत, इमेलः [email protected] सम्पर्क व्यक्तिः मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन : +९६१३३०११८१, +९६१८१८८३७१३ ।
३. परराष्ट्र मन्त्रालय, काठमाडौं, इमेलः धबब२mयाब।नयख।लउ, सम्पर्क व्यक्तिः श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७–९८४११७९५२० ।
प्रतिक्रिया दिनुहोस्