जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार १४:२८

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना


काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको आज दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो । राउतले आफुविरुद्ध लागेका आरोपको खण्डन गर्दै न्यायालय सुधारका योजनासहित २४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएके छ ।

उहाँले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै समितिमा योजना पेस गर्नुभएको छ । समितिमा उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन् । जसमा आफ्नै श्रीमती ललिता राउतलाई झगडीया बनाएको, नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराका हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेको, चितवनकी एक महिलाले जग्गा सम्बन्धीको विवादित फैसला दिएको लगायतका उजुरी परेको बताइएको छ ।