जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार १९:४४

कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित


काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेको पार्टी कार्यालयले जानकारी दिएको छ ।

कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहनुभएको छ ।

मनोनित सदस्यहरुमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहनुभएको छ ।