जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार २०:०३

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन


काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदि सुनुवाई समितिले अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

समितिले राउतको सुनुवाई बुधबार नै गरेको थियो । समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गर्नुभएको थियो । संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । अब समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।