जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार २०:०९

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित


काठमाडौं, १६ असोज । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित हुनुभएको छ । संसदीय सुनुवाइ समितिमा आज बसेको बैठकले उहाँको नाम अनुमोदन गरेको हो ।

उहाँले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उहाँले आफ्नो योजना प्रस्तुत गर्नुभएको थियो ।