काठमाडौं, असोज २१ । जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना ब्यक्ति पक्राउ गरेका छन । पक्राउ पर्नेमा पारस कार्की रहेको प्रहरीले जनाएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारेर दुई जना युवायुवतीलाई ठगी गरेको आरोपमा कार्की पक्राउ परेका हुन । काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयको टोलीले कार्कीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो।
कार्कीले दुई जनासँग २ लाख २५ हजार ठगी गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनु भयो। पीडितको जाहेरीपछि उनीहरूलाई पक्राउ गरिएको जिसीको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्