अर्घाखाँची, कात्तिक ३ । नेकपा एमाले सन्धिखर्क नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले कुशल भुसालको अध्यक्षतामा ६५ सदस्यीय सर्वसम्मत रुपमा नेकपा एमाले सन्धिखर्क नगर कमिटी निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा नारायण खड्का, सचिवमा तुल्सीराम रायमाझी, उपसचिवमा डिलाराम बन्जाडे र आशा परियार निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्