जनता टाइम्स

८ कार्तिक २०८१, बिहीबार ११:२८

रवि र छविलाई उपस्थित गराइयो जिल्ला अदालत, पुनः म्याद थपको तयारी


पोखरा, कात्तिक ८ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ गरिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

पहिलो पटक लिइएको म्याद सकिएपछि आज रबिलाई अदालतमा छविसँगै उपस्थित गराइएको हो । छविको भने अघिल्लो शुक्रवार नै २० दिनको म्याद लिइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । रबिलाई अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थप गर्ने प्रहरीको तयारी छ ।