कञ्चनपुर, कात्तिक ९ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान श्रीमती नै मृत अवस्थामा भेटिएका छन।
जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बडायक ओछ्यानमा नै मृत फेला परेका हुन। दुवै जनालाई आज बिहान मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान मृत फेला परेको बताउनु भयो । घटनाबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको उहाँको भनाई छ।
प्रतिक्रिया दिनुहोस्