जनता टाइम्स

३ मंसिर २०८१, सोमबार १०:०२

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै


काठमाडौं, मङ्सिर ३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

पार्टीका नेता एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठक आज विहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।