जनता टाइम्स

५ मंसिर २०८१, बुधबार १०:४८

म्याद थपका लागि दुर्गा प्रसाईँलाई अदालत लगिँदै


काठमाडौं, मंसिर ५ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ । पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले आज म्याद थपका लागि अदालत लैजान लागिएको हो ।

हिजो भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्याएर मेडिकल गरिएको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ । प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।