काठमाडौं, मंसिर ६ । ओभरलोड बोक्ने सवारीविरुद्ध ट्राफिकले कडा कारबाही थालेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौंतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको छ ।
क्षमता भन्दा धेरै सामान बोक्ने मालवाहक ट्रकहरूमाथि सवारीविरुद्ध निर्मम भएर कारबाही थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताउनुभयो । उहाँका अनुसार चितवनको आँपटारी र धादिङको नौबिसेमा तौलपुल छ त्यहाँ तौल लिँदा भार धेरै बोकेको भेटिए कारबाही हुन्छ ।
पछिल्लो साता राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले दुई वटा ट्रकलाई ठुलो परिमाणमा जरिवाना गरेको छ । एउटा गाडीलाई ४३ हजार र अर्कोलाई ५४ हजार ४ सय जरिवाना गरिएको छ । ओभरलोडका कारण धेरै दुर्घटना हुने र त्यसबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ओभरलोड विरुद्ध अभियान सुरु गरिएको एसपी सुवेदीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्