जनता टाइम्स

१६ मंसिर २०८१, आईतवार ११:१२

उपप्रधानमन्त्री सिंहद्वारा मतदान


काठमाडौं, मङ्सिर १६ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो ।