काठमाडौं, मंसिर १६ । चार देशका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त राजदूतहरूले शपथ लिनुभएको हो ।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिनुभएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा उहाँहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नुभएको थियो । राजदूतहरूको शपथ समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्