काठमाडौं, पुस १ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले अनिवार्य अवकाश पाउनु भएको छ ।
डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर चन्द मंसिर ३० बाट सेवानिबृत्ति हुनुभएको हो । चन्द प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरसँगै २०५१ चैत ५ मा नेपाल प्रहरीमा प्रवेश गर्नुभएको थियो ।
चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ दरबन्दी रिक्त भएको छ । डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि तीन दरवन्दी रिक्त भएको हो । उहाँहरु मंसिर २८ गते एआईजीमा बढुवा सिफारिस हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्