जनता टाइम्स

२ पुष २०८१, मंगलवार ०९:०१

हेटौडा उपमहानगरपालिकाको अध्यक्षमा कार्की निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति


मकवानपुर, पुस २ । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । कार्की मतदान प्रक्रियाबाट अध्यक्ष बन्नुभएको हो ।

मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन)ले १ सय ३३ मत पाउनुभएको छ । त्यस्तै उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मोक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याउनुभएको छ ।

सचिवमा शान्ता गौतम (प्रदीप) पनि मतदान प्रक्रियाबाट नै निर्वाचित हुनुभएको छ । गौतमले १ सय ९७ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत पाउनुभएको छ ।

उपसचिव खुलामा शान्तकुमार तामाङ ७४ मत ल्याएर निर्वाचित हुनुभएको छ । सो पदमा सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत पाउनुभएको छ ।

महिला उपसचिवमा चन्द्रावती पनेरु (अधिकारी)  ले १ सय ४६ मत ल्याइ निर्वाचित हुनुभएको छ ।  उपसचिवका अर्का उम्मेदवार रञ्जिता सिलवालले ७९ र जुना दङ्गालले ६९मत पाउनुभएको छ ।