जनता टाइम्स

२० पुष २०८१, शनिबार १५:५५

रिटर्नी फेडेरेसनको दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने


काठमाडौं, २० पुस । रिटर्नी फेडेरेसनले आफ्नो दोश्रो राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ को लागि तय गरेको छ । पुस १९ गते बसेको फेडेरेसनको केन्द्रीय सचिवालयको २९औं बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सात वटै प्रदेश कमिटीका अध्यक्षहरु र सबै आयोग अध्यक्षहरुकोसमेत सहभागिता रहेको बैठकले चैत्र १५ र १६ मा दोश्रो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने अध्यक्ष अधिकारीको प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

यसअघि २०७९ चैत्र ११ र १२ मा फेडेरेसनको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न भएको थियो । फेडेरेसनको विधानले प्रत्येक २ बर्षमा महाधिवेशन आयोजना हुने व्यवस्था गरेको छ ।

बैठकमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा फेडेरेसनका ईन्चार्ज डा. कृष्ण बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले फेडेरेसनका सबै गतिविधि चित्तबुफ्दो हिसाबले अघि बढिरहेकोले सहज ढंगमा महाधिवेशन सम्पन्न हुने र त्यसका लागि संगठनले अघि सारेका सदस्यता विस्तार, कमिटी विस्तार र सबै कमिटीको अधिवेशन समयमै सम्पन्न गर्न जिम्मेवारी भित्र रहेका सबैले संबेदनशिल भएर बाँकि रहेको समयमा भरपुर योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकले विधान संसोधन प्रस्ताव उपसमितिको संयोजकमा अनुशासन आयोगका अध्यक्ष समेत रहेका दिलकिरण खजुम र महाधिवेशन निर्देशिका निर्माण उपसमितिको संयोजकमा कार्यवाहक महासचिव भरत शिवाकोटीलाई जिम्मेवारी तोकेको छ ।

बैठकमा अध्यक्ष अधिकारीले संगठनले अघि सारेको उद्यमशीलता सहितको राजनीतिको मूलबाटो कार्यान्वयनको लागि स्थापना दिवसको सन्दर्भ पारेर पौष १५ गते बिशेष समारोहका विच घोषणा गरिएको सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष घनस्याम पाण्डेको नेतृत्वमा रहेको ९ सदस्यिय संचालक समितिलाई शुभकामना प्रदान गर्दै रिटर्नीहरुको राजनीतिक, सामाजिक र आर्थिक समायोजनका तीनवटै क्षेत्रका कामलाई गति दिन रिटर्नी फेडेरेसन, रिटर्नी नेटवर्क र सहयोगी ईन्भेष्टमेन्ट कम्पनी लि. समग्र रिटर्नी अभियानको ओदानका तीनवटा खुट्टाको रुपमा लिएर अघि बढ्नु आजको आवस्यकता, जिम्मेवारी र न्यूनतम साँगठनिक दायित्व ठहर्ने हुदा यसैको आधारमा तीनवटा निकायवीचको अन्तरसम्बन्ध स्थापित गर्दै संगठनमा आवद्ध सबै सदस्यहरु तीनवटै अभियानमा अनिवार्य जोडिएर अघि बढ्न निर्देशन दिनुभयो ।

बैठकले केहि आयोगमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै सदस्यता विस्तारसंग जोडिएका संगठनका सबै विषयलाई माघ १५ सम्मको लागि निरन्तरता दिने निर्णयसमेत गरेको छ । यतिवेला फेडेरेसनको स्थानिय तह कमिटी र जिल्ला कमिटीका अधिवेशन धमाधम आयोजना भैरहेका छन् । फेडेरेसनले एक महिना महाधिवेशन तयारीका लागि समय व्यवस्थापन गर्दै त्यस अघि जिल्ला र प्रदेश कमिटीका सबै अधिवेशन सम्पन्न गरिसक्ने योजना अघि सारेको छ ।