काठमाडौं, माघ २ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेका छन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १५ लाख लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा पक्राउ उनलाई गरिएको हो । शेर्पालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्