बिर्तामोड, माघ २ । शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा नागरिक यातायातको बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । आज बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनामा परि बसमा सवार ११ विराटनगर ३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दिपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते हुनुभएको छ ।
यसैगरी, झापा शिवसताक्षी–८ का ३२ वर्षीय टंक शिवाकोटी, ३० वर्षीया आन्सा फियादेन, २१ वर्षीया सुमना लिम्बु, बिर्तामोड नगरपालिका–६ का ५१ वर्षीय पुष्पलाल अधिकारी, ४९ वर्षीया चन्द्रकला अधिकारी र कमल गाउँपालिका–६ का ४० वर्षीय शान्तिराम खतिवडा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रेहेको र विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बस चालक मेचीनगर–१० धुलाबारी बस्ने ५४ वर्षीय टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्