काठमाडौं, ११ माघ । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गर्नुभएको छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उहाँले मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याइने बताउनुभयो ।
सो अवसरमा मन्त्री यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको बताउनुभयो । एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै उहाँले एक वर्षभित्र धरानमा पानीको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने जिकिर गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्