जनता टाइम्स

१४ माघ २०८१, सोमबार ०९:१४

सत्तारुढ दलको बैठक बस्दै


काठमाडौं, माघ १४ । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।