जनता टाइम्स

१८ माघ २०८१, शुक्रबार १४:२६

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


काठमाडौं, माघ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् । रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो ।

तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताउनुभएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।