जनता टाइम्स

१९ माघ २०८१, शनिबार १७:१७

वडाध्यक्ष मियाँको निधन


मध्यविन्दु, माघ १९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताउनुभयो ।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उहाँ त्यहीँ लड्नुभएको थियो ।

उहाँलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उहाँलाई मृत घोषित गरेका सदस्य गिरिले बताउनुभयो । सैतीस वर्षीया अध्यक्षका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सह–सचिवसमेत रहनुभएको उहाँ स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको थियो ।