जनता टाइम्स

२१ माघ २०८१, सोमबार १७:४५

प्रेस चौतारी दैलेखको अध्यक्षमा उदयराज निर्वाचित


दैलेख, माघ २१  । प्रेस चौतारी नेपाल दैलेखको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट उदयराज अधिकारी सर्वसम्म अध्यक्ष बन्नुभएको छ ।
यस्तै उपाध्यक्षमा पृथ बयलकोटी र प्रेमिका सिंह निर्वाचित हुनुभएको छ ।

सचिवमा यामराज विष्ट निर्वाचित हुनुभएको छ भने सहसचिवमा खगेन्द्र खड्का र हिमेन्द्र बिक निर्वाचित हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा रमेश भट्टराई चुनिनु भएको छ ।