जनता टाइम्स

२३ माघ २०८१, बुधबार ११:५१

सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला


रौतहट, माघ २३ । रौतहटको राजदेवी नगरपालिका–६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ । प्रावि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए । वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये वर्ष २२ का सुरज यादव मूर्ति विसर्जन गर्ने क्रममा डुबेका थिए ।

आफन्तको खबरपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटबाट खटिई गएको संयुक्त टोलीले खोजी गर्दै जाँदा आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताउनुभयो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।