काठमाडौं, माघ २४ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले यसका लागि सरकारले छ वटा अध्यादेश ल्याएको बताउनुभयो ।
‘मुलुकको भविष्य बनाउने अध्यादेश आएको छ’, सांसद पन्तले भन्नुभयो,‘अध्यादेश देश र जनताको हितमा छ ।’ विगतमा थिलथिल बनाएको अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार गर्ने प्रयास गरिरहेको उहाँको भनाइ थियो । सांसद पन्तले भन्नुभयो,‘सरकारले ल्याएका कानुनमा जनताको अधिकार कहानेर खोसिएको छ, अध्यादेश ल्याउनु सरकारको अधिकारको कुरा हो ।’
उहाँले ६ वटा अध्यादेशमा २९ कानुन संशोधनको कुरा उठाइएको र संसद् कुण्ठा अभिव्यक्ति गर्ने ठाउँ नभएकाले जनताको हित र समृद्धिका लागि बोल्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्