भक्तपुर, माघ २५ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्षमा आशिष पौडेलको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
भक्तपुरमा सम्पन्न पाचौं जिल्ला अधिवेशनको बन्द सत्रले उपाध्यक्ष खुलामा राजकुमार लामिछाने र महिला उपाध्यक्षमा मिना घोरासाइने, सचिवमा नारायण थापा, सह–सचिवमा संगम लामा, सहसचिव समावेशी विपना मुसिख्वाल र कोषाध्यक्षमा सिर्जना खतिवडलाई चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यहरुमा देवेन्द्र प्रजापति, प्रतिकराज कार्की, रसिला थापा, सुस्मिता धिताल र नवराज काफ्लेलाई चयन गरेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्य सोम मिश्र र एमाले भक्तपुर अध्यग बचन देउजालगायतका बक्ताहरुले नेपाली प्रेसले आजको दिनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्