जनता टाइम्स

२९ माघ २०८१, मंगलवार १०:४६

प्रेस चौतारी राससको अध्यक्षमा कुमार अभिनव, गोरखापत्रमा नरेन्द्र सापकोटा निर्वाचित


काठमाडौं, माघ २९ । प्रेस चौतारी नेपाल रासस र गोरखापत्र प्रतिष्ठान शाखाको अधिवेशन सोमबार सम्पन्न भएको छ ।

चौतारीको रासस शाखाको पाँचौँ अधिवेशनले रासस अन्तर्राष्ट्रिय समाचार डेस्कमा कार्यरत कुमार अभिनवको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्ष कुम्भराज राई, सचिव कमला पौडेल, सहसचिव सीता अर्याल, कोषाध्यक्ष मुना भण्डारी, सदस्यहरू सीता भट्टराई, सुमित्रा अधिकारी, ओमप्रकाश बोहरा र सुषमा बस्नेत निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा शरदकुमार शर्मा र मधु शाही चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधि तिलक भुसाल, अभिलाषा पोखरेल र शर्मिला पाठक निर्वाचित हुनुभएको छ । प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राससका महाप्रबन्धक सिद्धराज राई, चौतारीको प्रतिष्ठान इञ्चार्ज मोहन बास्तोलालगायत अतिथि रहनुभएको थियो ।

यस्तै गोरखापत्र प्रतिष्ठानको सोमबारै सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः नगेन्द्र सापकोटालाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । शाखाको पाँचौँ अधिवेशनले उपाध्यक्षद्वयमा मनोजरत्न शाही र सपना थामी, सचिवमा केशव गुरुङ, सहसचिवद्वयमा प्रमोदकुमार टण्डन र सागर बस्नेत तथा कोषाध्यक्षमा महिमा देवकोटालाई चुनेको छ ।

सदस्यहरूमा बिनु श्रेष्ठ, दीपा चौधरी, अर्पणा अधिकारी, आशा गुप्ता साह, ममता गिरी र इन्दिरा अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा लक्की चौधरी र अर्पणा अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा शेखर चौलागाईँ, ममता गिरी, बिनु श्रेष्ठ र महिमा देवकोटा चयन हुनुभएको छ ।