जनता टाइम्स

२९ माघ २०८१, मंगलवार १२:५०

शान्दार मःममा भएको ग्यास विष्फोटका ११ घाइते मध्ये २ जनाको निधन


काठमाडौं, माघ २९ । शान्दार मस्म, ज्ञानेश्वरमा ग्यास विष्फोट हुँदा घाइते भएका ११ मध्ये दुई जनाको निधन भएको छ । गत माघ २४ गते बिहीबार विहान ग्यास सिलिन्डर चुहावटका कारण विष्फोट भएको थियो ।

घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको उपचारका क्रममा सोमबार निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताउनुभयो ।

घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो । केही घाइते स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । केही घाइतेको उपचार जारी रहेको छ । बोहराका अनुसार अन्य घाइते खतरामुक्त रहेका छन् ।