जनता टाइम्स

३ फाल्गुन २०८१, शनिबार १३:५५

बेलुन पड्केर पोखराका मेयर घाइते


पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते हुनुभएको छ । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।उहाँको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।

सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ जानुभएको थियो ।