काठमाडौं, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न कार्यक्रम छ ।
बिहान साढे ११ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ ।
आजै प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि तुल्सीपुरमा रहेको एक होटेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्