जनता टाइम्स

१२ फाल्गुन २०८१, सोमबार २०:२९

ललितपुर महानगरले लगनखेलमा चलायो डोजर


काठमाडौं, १२ फागुन ।   ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा बनाइएका अनधिकृत संरचनामा डोजर चलाएको छ ।

वडा नम्बर ५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निर्माणका लागि महानगरले आज बिहान वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा डोजर चलाएको हो । धूलो नउडोस् भनेर ललितपुर महानगर प्रहरीले संरचना भत्काउनुअघि पाइपबाट पानी हालेको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी छेकिने गरी बनाइएका वडा कार्यालय र शटरहरू भत्काइएको बताउनुभयो । ऐतिहासिक पोखरीहरूलाई पुरानै अवस्थामा फर्काउन अनधिकृत संरचना हटाउने काम भइरहेको उहाँको भनाइ छ ।