जनता टाइम्स

१३ फाल्गुन २०८१, मंगलवार ०६:५३

बाग्लुङमा जीप दुर्घटना २ जनाको मृत्यु, ५ जना घाइते


काठमाडौं, १२ फागुन ।  बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङ खोलाको खहरे फुर्से धारामा पिकअप जीप आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ बर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी बडिगाड गाउँपालिका–९का ६३ बर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

बडिगाड गाउँपालिका–९ की ५० बर्षीया निमसरा बुढा, ५२ बर्षीया यम कुमारी पौडेल, ३० बर्षीया सिता पौडेल, बडिगाड गाउँपालिका–९ दर्लिङका २३ बर्षीय हिमाल घर्ती घाइते भएको प्रहरीले जानकारी जनाएको छ ।

सडकदेखि ५० मिटर तल पिकअप जीप खसेको छ । जीपमा ७ जना सवार थिए ।