जनता टाइम्स

१७ फाल्गुन २०८१, शनिबार १२:०१

वडाध्यक्ष मुखियाको निधन


चन्द्रपुर, फागुन १७ । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले राससलाई जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उहाँ निर्वाचित हुनुभएको थियो ।