जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १२:०६

जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्नेमा जोड


काठमाडौं, फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताउनुभयो ।

समाजवादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरु त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको हो ।