जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १६:३७

पेरिसडाँडामा गाडीमा आगजनी, बाइक तोडफोड


काठमाडौं, १५ चैत।  तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् ।
एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो । उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।
अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।