जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १९:२७

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी


काठमाडौं, १५ चैत्र ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् । बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै हुनुहुथ्यो । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उहाँले बताउनुभयो।

‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उहाँले भन्नुभयो ।