काठमाडौं । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् ।
सभापति लामिछानेसहित रास्वपा सांसदले मंगलबार बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा सभामुखलाई भेट्ने तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘हामीले एक महिनाअघि नै हाम्रा सभापतिको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्याकर्षण पत्र बुझाएका थियौँ,’ झाले भने, ‘तर त्यो पत्रको सुनुवाई अहिलेसम्म भएको छैन। ठूलाठूला मुद्दा लागेकाहरु निलम्बन भएका छैनन्। तर हाम्रा सभापति लामो समयदेखि निलम्बनमा हुनुहुन्छ। यो जायज छैन। निलम्बन फुकुवाको थप पहलको लागि हामीले सभामुखलाई भेट्न लागेका हौँ।’













प्रतिक्रिया दिनुहोस्