जनता टाइम्स

२२ चैत्र २०८१, शुक्रबार १५:१९

म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दाबी


काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्यान गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका हुन् ।

‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन,’ समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’