जनता टाइम्स

२३ चैत्र २०८१, शनिबार १२:०६

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौँ । मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • मोरङ, रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित सडकमा को. ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र  मोटरसाइकलमा सवार उनकै श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
  • बैतडी, दशरथचन्द नगरपालिका-११ स्थित सडकमा बि-एसी ५६५९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार पञ्चेश्वर गाउँपालिका-५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सप्तरी, बोदेबर्साइन नगरपालिका-५ जाजरस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।