काठमाडौं, २६ चैत्र । राजसंस्था पुनर्स्थापना राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर घोषित दुर्गा प्रसाईका दाजु राकेशलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ।पेरिसडाडास्थित राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले सोधपुछका लागि उहाँलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको स्रोतले जनाएको छ।
राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उहाँमाथि मुद्दा चल्ने सम्भावना छैन। सम्भवतः उहाँ खोजेको बेला उपस्थित हुने शर्तमा छुटने एक प्रहरी अधिकारीले बताउनुभयो । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुनुहुन्छ ।
ती अधिकारीले भन्नुभयो– ‘‘राकेश प्रसाई दुर्गा प्रसाईजस्तै अन्टसन्ट बोलेर सामाजिक संजालतिर भाइरल भइरहेका व्यक्ति हुन्। उनको घर पनि दुर्गाको सेल्टर भएकाले केही सोधपुछ गर्न ल्याइएको हो। मुद्दा चल्ने खालका आधार नभएकाले सम्भवतः उनलाई सोधपुछपछि छाडिन्छ होला।’’













प्रतिक्रिया दिनुहोस्