जनता टाइम्स

२६ चैत्र २०८१, मंगलवार १५:१६

रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी


काठमाडौं  । राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले रावणहरुको शासन बढेको भन्दै त्यसले देशलाई कमजोर बनाइरहेको बताएका छन् । राप्रपाले काठमााडौंको बल्खुमा गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका लोहनीले रावण प्रवृत्तिको विरोध गर्नुपरेको बताए । ‘नेपालमा अहिले रावणहरुको शासन छ ।

रावण भनेको के हो ? रावण भनेको अहंकार र अरुको चिज मेरो भन्ने घमण्ड र सर्वसाधारणलाई उपेक्षा गर्ने प्रवृत्ति हो’, उनले भने, ‘रावण प्रवृत्तिका जोजो  राजनीतिज्ञहरु छन् उनीहरु यो राज्यको सम्पत्ति र ढुकुटीमा हामीले जे गरेपनि हुन्छ भन्छन् । जसले देशलाई कमजोर बनाइरहेको छ । त्यसैले यो रावण प्रवृत्तिलाई मास्नुपर्छ ।’ डा. लोहनीले देश बचाउन संविधानभित्र राजालाई समेत स्थान दिनुपर्ने भन्दै त्यसैका लागि राप्रपाले आन्दोलन गरिरहेकाले साथ दिन आग्रह गरे ।