जनता टाइम्स

२६ चैत्र २०८१, मंगलवार १७:३३

सरकारको कामको गति पुगेन : गगनकुमार थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘सरकारको गति पुगेन । दुई दलीय संयन्त्रको बैठकमा होस् वा बाहिर होस् मैले भन्ने कुरा यही हो । पार्टी सभापति शेरबहादुर देउवालाई पनि यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि यही कुरा भनिरहेको छु,’ थापाले भने ।

खासगरी जनतामा भ्रष्टाचारको विषयलाई लिएर ठूलो निराशा रहेको भन्दै महामन्त्री थापाले अहिलेको सरकारले देशमा कायम भ्रष्टाचारलाई सफा गर्ने काम गर्नु आवश्यक रहेको बताए । भ्रष्टाचार सफा गर्नेक्रममा जोसुकै परोस् गलत काम गर्ने मानिसले सजाय दिएरै भए पनि नागरिकमा भरोसा पैदा गर्न सकिने उनले बताए ।