चितवन, चैत २७। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको आक्रोशलाई सामान्य लिन नुहने बताउनु भएको छ ।
कांग्रेस चितवनले आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभएको हो । ‘जनताको आक्रोशलाई सामान्य लिन हुँदैन,’ कोइरालालेभन्नुभयो ।
उहाँले सरकारले काम गर्न नसक्दा जनता आक्रोशित भएको पनि बताउनु भयो । वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै कोइरालाले भन्नुभयो, ‘अहिले जनता दिनहुँ सडकमा आइरहेका छन। यसको अन्त गर्न सके मात्रै सरकार भएको अनुभूति हुन्छ।’












प्रतिक्रिया दिनुहोस्