जनता टाइम्स

२७ चैत्र २०८१, बुधबार १९:३९

नेपाली नयाँ बर्षमा अमेरिकाको म्यासाचुसेट्स राज्यमा नेपालको झण्डा फहराउँदै एनआरएनए


अमेरिका, चैत २७ । नयाँ बर्ष २०८२ को उपलक्ष्यमा अमेरिकाको म्यासाचुसेट्स राज्यमा नेपालको झण्डोतोलन कार्यक्रम आयोजना हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यासाचुसेट्स राज्य समितिको आयोजनामा बैशाख १ गते अर्थात अप्रिल १३ तारिकका दिन दिउसो १२ बजे झण्डोतोलन कार्यक्रम आयोजना गरिएको हो ।

एनआरएनए म्यासाचुसेट्स राज्यका अध्यक्ष प्रचण्ड श्रेष्ठले नेपालको झण्डाबारे अमेरिकीलाई समेत जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । सो कार्यक्रम म्यासाचुसेट्सको समरभिल सिटीहलको प्राङगणमा आयोजना गरिएको छ ।

कार्यक्रममा सो शहरका मेयर काटियाना ब्यालेन्टाइनको समेत उपस्थिति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार नेपाली झण्डा फहराएर नेपालको नयाँ बर्ष मनाउने र नेपालीलाइृ आफ्नो संस्कृती स्मरण गराउने सो कार्यक्रमको लक्ष्य रहेको छ ।