काठमाडौं, २९ चैत्र । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ ।
दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिनुभयो । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उहाँको भनाइ छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए । प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने भएको छ । केहीबेरअघि झापा ल्याइपुर्याएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईँलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरू भेला भएका थिए।
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ, बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने

प्रतिक्रिया दिनुहोस्