काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर छलफल गर्नुपर्ने बताएका छन् । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकमा उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए ।
‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? यो समितिमा बोलाऊँ पूर्वराजा ज्ञानेन्द्रलाई यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ,’ उनले भने ।
कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ थियो । ‘ कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई छैन । संविधानको नजरमा सबै बराबर छन् । सामान्य जनताले पाउने मानवअधिकारको जति अधिकार हो, उहाँलाई पनि त्यति नै अधिकार हो । त्योभन्दा बढी छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्